काठमाडौं । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त चार मन्त्रीले शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।
सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।







