ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कांग्रेसका महाधिवेशन प्रतिनिधि कुन समुदायबाट कति ?

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ २७ गते, ११:५६ बजे
कांग्रेसका महाधिवेशन प्रतिनिधि कुन समुदायबाट कति ?
21
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं  । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ४ हजार एक सय २५ जना महाधिवेशन प्रतिनिधि चुनिने भएका छन् । कांग्रेसको विधानअनुसार देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले प्रत्यक्ष र समानुपातिक गरी ४ हजार एक सय २५ जना महाधिवेशन प्रतिनिधि चुनिदैछन् ।

यसपालि प्रत्यक्षतर्फ २ हजार चार सय ७५ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन्। जुन कुल महाधिवेशन प्रतिनिधिको ६० प्रतिशत हो । समानुपातिकतर्फ १ हजार ५ सय महाधिवेशन प्रतिनिधि चुनिनेछन् । जुन ४० प्रतिशत हो । समानुपातिकमा सबैभन्दा धेरै खस/आर्य समुदायबाट महाधिवेशन प्रतिनिधि ५ सय २७ जना आउनेछन् ।

समानुपातिकबाट आएका कूल महाधिवेशन प्रतिनिधिमध्ये खस/आर्यबाट ३१.९ प्रतिशत प्रतिनिधित्व हुन्छ । यस्तै आदिवासी जनजातिबाट ३०.२ प्रतिशतले हुन आउने ४ सय ९८ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् । दलितबाट २ सय ३२ जना चुनिनेछन् । जुन १४.१ प्रतिशत प्रतिनिधित्व हुन्छ । मधेशी समुदायबाट २ सय २७ जना प्रतिनिधि चुनिनेछन्। यो १३.८ प्रतिशत सहभागिता हो । थारू समुदायबाट ५.७ प्रतिशतले हुन आउने ९४ जना प्रतिनिधि चुनिनेछन् । यस्तै मुस्लिम समुदायबाट ७२ जना महाधिवेशन प्रतिनिधि चुनिनछन् । जुन ४.४ प्रतिशत हुन आउँछ ।

महिला १ हजार ३ सय ४

१४औं महाधिवेशनमा महिला महाधिवेशन प्रतिनिधिको संख्या १ हजार ३ सय ४ जना हुनेछ । जुन ३१.६ प्रतिशत हो । त्यसमा पनि प्रत्यक्षतर्फ ६ सय ६० जना र समानुपातिक ६ सय ४४ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् । कांग्रेसको विधानमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने उल्लेख छ । यसपालि ८ लाख ५२ हजार क्रियाशील सदस्य पुग्दा महिलाहरू २१ प्रतिशत मात्रै थिए । १ सय ६८ सदस्यीय केन्द्रीय समितिमा महिलालाई ३३ प्रतिशत सुनिश्चितता गर्दा ५५ जना महिलाहरू केन्द्रीय समितिमा रहन्छन् ।

२०७२ सालमा भएको कांग्रेसको १३औं महाधिवेशनमा अहिले जसरी सबै समुदायबाट प्रतिनिधित्वको व्यवस्था गरिएको थिएन । अघिल्लो महाधिवेशनमा मधेशी वा मुस्लिम वा अल्पसंख्यक वा अपांगता भएका व्यक्तिबाट प्रतिनिधित्व भन्ने थियो । समानुपातिकतर्फ ११ जनामा दुई जना महिलासहित भनेर एक आदिवासी जनजाति, एक दलित, एक मधेशी वा मुस्लिम वा अल्पसंख्यक वा अपांगता भएका व्यक्ति भन्ने थियो ।

कांग्रेसले सार्वजनिक गरेको पछिल्लो कार्यतालिका अनुसार अब ५ असोजभित्र वडा अधिवेशन गरिसक्नुपर्छ । असोज ९ मा गाउँपालिका र नगरपालिका अधिवेशन, १२ असोजमा प्रदेश क्षेत्र अधिवेशन, १५ असोजमा एकमात्र संघीय निर्वाचन क्षेत्र भएको जिल्लाको क्षेत्र र जिल्ला अधिवेशन तथा १८ असोजमा २ वटा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको छ । यसअघि (आज) २७ भदौमा गाउँ/नगर अधिवेशन तोकिएको थियो ।

वडा अधिवेशनबाट आएका क्षेत्रीय प्रतिनिधि मध्येबाट महाधिवेशन प्रतिनिधिहरू चयन हुन्छन् । केन्द्रीय सभापति, कार्यसमिति र सदस्य महाधिवेशन प्रतिनिधिमध्येबाट हुन्छन् भने महाधिवेशनका लागि पनि मतदाता  महाधिवेशन प्रतिनिधि नै हुन् ।

केन्द्रीय सभापति, पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन्, उनीहरू भने वडाबाट चुनिएर आउनु पर्दैन । आमन्त्रित केन्द्रीय सदस्य भने क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि चयन भएर आउनुपर्ने विधानमा व्यवस्था छ । टोलदेखि केन्द्रीय महाधिवेशनसम्म कांग्रेसले ८ तहमा अधिवेशन गर्छ । केन्द्रीय महाधिवेशन आगामी ९–१३ मंसिरमा हुने कार्यतालिका छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist