रामाधुनी नेपाली कांग्रेसका युवा नेता सुदीप अधिकारीले नगर अधिवेशनमा रामधुनी नगर सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । सानै उमेरमा बाट राज नितिमा लागेका सुदीप अधिकारी पुनः सभापतिमा उठ्ने बताएका छन् ।
लामो समय देखी आफूले नेपाली काँग्रेसको भित्रीको राजनितिमा भिजेका उनि साबिकको सबै गाविसमा कम्युनिष्टको गढ भनेर चिनिएको स्थानमा आफ्नो नगर सभापतिको नेतृत्व पाए पछि नगरमा नगर प्रमुख मेयर सहित १६ जना जनप्रतिनिधि जिताउन सफल भएको बताउने उन्ले गरेका छन् ।
एक कार्यकाल नगर सभापतिको जिम्मेवार निर्वाह गरिसकेका अधिकारीले पुन काँग्रेसलाई बलियो बनाउन उम्मेदवारी घोषणा गरेको बताउछन् ।
आफू लामो समयदेखि पार्टी संघसँग आवद्ध भई विभिन्न कार्याक्रम तथा समाजिक कार्यामा निरन्तर प्रतिनिधित्व गर्दै गएकोले आहिले आफूले सभापतिको उम्मेदवारी दिएको बताउदै आउनु भएको छ ।
पार्टीमा सक्रिय रहने क्रममा १४ औँ महाधिवेशनमा चुनिने नेतृत्व र रामधुनी नगरको नेतृत्वले नेपाली काँग्रेसलाई जनताका माझमा अझ सशक्त सङ्गठनको रूपमा स्थापित गर्ने योजनाका साथ उम्मेदवारी दर्ता गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
आफू पुन सभापति भएमा काँग्रेस मय रामधुनी नगर बनाउने र आउने चुनावमा स्थानीय, प्रदेश र केन्द्रको चुनावमा बहुमतका साथ पार्टीलाई विजय गराउने उहाँले बताउनु भयो ।







