धनकुटा । धनकुटाको हिले बजारमा याहाको नयाँ सोरुम आज देखी नया व्वसस्थापनका साथ धरान अटो ट्रेडर्सले संचालन गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आज विशेष समारोहका विच धनकुटाको हिले स्थित कुवापानी बजारमा विजयपुर अटो टे«डर्स धरानले संचालन गरेको यामाहा को नया सोरुम उद्घाटन गर्नु हुदै यामाहाको हिलेमा स्थापनका भएको नया सोरुमले धनकुटाको व्यापार व्यावसाय क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।
उक्त कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका महासचिव राम वहादुर गोङ्वा तामाङ्ग,कोषाध्यक्ष रुपेश श्रेष्ठले समेत शुभ कामना दिनु भएको थियो । बिजयपुर ट्रेडर्स धरानका यामाहा सोरुमका म्यानेजर चुडामनी गिरी(महोन),यामाहा सोरुमका इन्जिनियर तथा एरिया सर्भिस म्यानेजर दिपेन्द्र यादव,विजयपुर अटो टे«डर्स धनकुटा हिलेका शाखा प्रमुख अमित खतिवडा लगायतले नया व्यवस्थापनका साथ धनकुटाको हिलेमा यामाहाको धरान टेडर्सले सोरुम संचालन गरेको वताउनु भयो ।
यामाहा कम्पनीका पुराना तथा नया प्रयोगकर्ताहरुलाई राम्रो ढंगले सवै प्रकारको सुविधा उपलब्ध गराउने उहाहरुले वताउनु भयो । यामाहा कम्पनीको नया मोडलका मोटरसाईकल तथा स्कुटी लगायतका विभिन्न सवारी साधनहरुको विक्रि वितरण लगायतका सम्पूर्ण सुविधा धनकुटाको हिलेको सोरुम बाट उपलब्ध हुनु समेत सो अवसरमा जानकारी गराईको थियो । धनकुटाको हिलेमा यामाहाको सोरुपम उद्घाटन कार्यक्रममा धनकुटाको उद्योगी तथा व्यावसायीहरुको उपस्थिति रहेको थियो ।