काठमाडौँ । हालै तालिवानले कब्जा गरेको अफ्गानिस्तानलाई सार्क प्रतिनिधि अस्वीकार गरेको छ ।
सार्कको अध्यक्ष नेपालले तालीवानको त्यो प्रस्तावलाई अस्वीकार गरेको हो । पाकिस्तान बाहेक सबै मुलुकले तालिवानलाई सार्क प्रतिनिधिमा अस्वीकार गर्दै आएका छन् ।
पकिस्तानको त्यो प्रस्तावलाई नेपाल सरकारले अस्वीकार गरेको एएनआइले जनाएको छ । शनिबार बस्ने सार्क राष्ट्रका परराष्ट्रमन्त्री स्तरीय अनौपचारीक बैठकको लागि अफगानिस्तानको उपस्थित अहिले विवादमा आएको छ ।
पाकिस्तानले लिखित रुपमा अघिल्लो अशरफ घनी सरकारलाई प्रतिनिधिको बैठकमा सहभागी गराउन गरेको आग्रहलाई अध्यक्ष नेपालले नमानेको जानकारी आएको छ ।
पाकिस्तान बाहेक अफगानिस्तानको तालिवानी सरकारलाई अरु कुनै सार्क राष्ट्रले मान्यता दिएका छैनन् भने तालिवानले भने महासभामा सम्बोधनका लागि अग्रह गरेको छ ।