ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

थारुको संस्कृति संरक्षणका लागि सरकारलाई खवरदारी गर्छु : सांसद चौधरी (तस्वीरसहित)

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज १३ गते, २०:४२ बजे
थारुको संस्कृति संरक्षणका लागि सरकारलाई खवरदारी गर्छु : सांसद चौधरी (तस्वीरसहित)
53
SHARES
Share on FacebookShare on Twitter

– राम कटुवाल 

रामधुनी । नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा एककी सदस्य नावोदिता चौधरीले थारु समुदायको संस्कृति र परम्पराको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताएकी छन् ।

आदीवासी थारु समुदायको महान पर्व ‘जितिया पर्व’ को उपलक्ष्यमा रामधुनी नगरपालिकाको झुम्कामा आयोजित कार्यक्रममा बोल्दै सांसद चौधरीले  सो कुरा बताएकी हुन् ।

राज्यले थारु समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षणमा ध्यान नदिंदा थारु समुदायको भाषा, संस्कृति क्षयिकरण हुँदै गएको बताउँदै स्थानीय देखि केन्द्र सम्मका सरकारले भाषा, संस्कृतिको संरक्षणका लागि विशेस योजनाका साथ प्रभावकारी कार्यक्रम लागु गर्नुपर्नेमा जोड दिएकी छन् ।

आफु जनताको सेवक भएको बताउँदै चौधरीले जनताका कुरा सरकार समक्ष पुर्याउँदै जनताका चासोका विषयमा सरकारलाई खवरदारी गर्दै आएको बताएकी छन् । उनले भनिन्, ‘तपाईहरुको मतले सांसद भएकी म तपाईंहरुको प्रतिनिधि र सेवक भएकाले तपाईहरुको पिर-मर्का र चासोका विषयमा खवरदारी गर्दै आएको छु। थारु समुदायको परम्परा र संस्कृतिको संरक्षणकालागि समेत काम गर्न सरकारको ध्यानाकर्षण गराउने बाचा गर्दछु।’

थारु समुदायलाई विकाश र प्रगतिको पथमा अगाडी बढ्न अझैपनि निकै कठिन रहेको बताउँदै उनले कसैले आश्वासन दिएकै भरमा पत्याएर नबस्न र आफ्नो भलाईको लागि अगाडी बढ्न थारु समुदायलाई उनले आग्रह समेत गरेकी छन् ।

हजारौंको सहभागिता भएको उक्त कार्यक्रमलाई थारु भाषामै सम्बोधन गरेकी चौधरीले थारु समुदायलाई सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा अगाडी बढ्न थारुहरु सचेत हुनुपर्ने बताउँदै त्यसकालागि आफु संघर्षरत रहेको बताएकी थिईन ।

त्यसैगरि, नेपाल प्रेस युनियन  सुनसरीका अध्यक्ष पवन अधिकारीले जितिया पर्वको अवशरमा शुभकामना दिंदै थारु महिलाहरुको विकाश र सम्रिद्दीको कामना गरेका छन् ।

अध्यक्ष अधिकारीले यस पर्वले बहुल चरित्रको नेपाली समाजमा रहेका विभिन्न समुदायहरु बीचमा आपसी भाईचारा र सद्भाव बढाउँन यस्ता चाड पर्वले सहयोग गर्ने बताउँदै हाम्रो समाजको सवै भन्दा महत्त्वपूर्ण सम्पति नै यिनै विविध संस्कृति र परम्परा रहेको बताएका थिए।

थारु महिलाको ब्यतित्त्व, नेतृत्त्व विकाश र पहिचान प्रवर्धन गर्न यस्ता कार्यक्रमले सघाउने बताउँदै समुदायका अगुवाहरुले आफ्ना समुदायका छोरी चेलीलाई अगाडी बढ्न हौसला प्रेरणा र सहयोग दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा एकका सभाप्मुरदिप भण्डारीले जितिया पर्वको अवशरमा भएको कार्यक्रममा सहभागी हुन पाएर आफुले थारु समुदायको संस्कृति बुझ्ने मौका पाएको बताए । थारु समुदायका पुरुषले लगाउने धोति, फेटा लगाएका सभामुख भण्डारीले जितिया पर्वको शुभकामना दिएका थिए ।

कार्यक्रममा थारु समुदायको भाषा, संस्कृति झल्कने गीतहरु, झाँकीहरु, नृत्य, गीति नाटक प्रस्तुत गरिएका थिए भने थारु समुदायको मौलिक परिकारहरु पनि राखिएका थिए ।

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist