काठमाडौं । आज बाट नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा सकिएको छ । ललितपुरको गोदावरीमा तिन दिन सम्म बसेको महाधिवेशन आजबाट सकिएको हो ।
तीन दिनसम्म चलेकोे महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएका छन्् ।
अध्यक्ष ओलीको जवाफ पछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीन वटै प्रस्ताव पारित गर्न हललाई आग्रह गरेका थिए ।
ओलीले नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह समेत गरे । ओलीले नेकपा एकीकृत समाजवादीबाट फर्किने वातावरण बनाउन स्थानीय तहदेखि नै पहल गर्न नेताहरुलाई निर्देशनसमेत दिएका छन् ।
अध्यक्ष ओलीले एमालेको सरकार ढाल्न लागे जती सबै शत्रु भएको बताउदैं अब एमालेले सशक्त रणनीति बनाउने पनि अठोट व्यक्त गरे । जित्ने बानि परेका हामि जितेर सरकारमा गएकाले फेरि पनि जितेरै सरकारमा जाने अठोट व्यक्त गरे ।
नेकपा एमालेले पहिलो विधान महाधिवेशनमा एक व्यक्तिले दुईपटकभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरेकोे छ । उपमहासचिव विष्णु पौडेलका अनुसार कुनै नेताले जिते पनि हारे पनि दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको बताए ।







