कठमाण्डौं । नेपालीहरुको महान चाड वडा दशैं मनाउन आफ्नो घर गएकाहरु बिदा सकिदा समेत कार्यक्षत्रमा पर्किन पाएका छैनन् ।
आइतवार साँझदेखि लगातार परेको वर्षाका कारण उनिहरु आफ्नो कार्यक्षत्रमा फर्किन नपाएका हुन् ।
लगातार परेको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएर सडक अबरुद्ध भएको कारणले उनिहरु आफ्नो गतव्यमा पुग्न सकेका छैनन् । ग्रामीण सडकहरु प्राय सबै अवरुद्ध छन् । सडकमा सवारी साधन चल्न नसक्ने अवस्था आएपछि टीका थाप्न आफन्तकोमा गएका व्यक्तिहरुले सास्ती भोग्नुपरेको छ ।
निरन्तर वर्षाका कारण ग्रामीण क्षेत्रमा आउजाउ गर्ने गाडी सञ्चालनमा समस्या हुँदा गन्तव्यमा फर्किनेलाई सास्ती भएको पीडितहरुले बताएका छन् ।
यात्रुहरु भन्छन् ‘सडक जोखिमयुक्त रहेकोले यात्रा गर्ने आँट गर्न सकिन्,’ वर्षाका कारण पहिरो र सडकमा बगेको लेदोले गर्दा सडक अवरुद्ध भई यात्रीहरु अलपत्र परेका छन् ।