पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा राप्रपा तत्कालीन महामन्त्री सुनिल थापा नेतृत्वमा कांग्रेस प्रवेश गरेका उनीहरुलाई महासमिति पदमा समायोजन गरिएको जनाइएको हो।
उनीहरुलाई कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम महासमिति सदस्यमा समायोजन गरिएको हो। यसअघि राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गर्नुभएका सुनिल थापालाई पार्टीले सहमहामन्त्री बनाएको थियो।
केन्द्रीय सदस्यहरुमा किरण गिरी, रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव लगायतका नेताहरुलाई केन्द्रीय सदस्य बनाएको थियो।
महासमिति सदस्यहरुमा सुनिलबहादुर थापा, रामकृष्ण भट्टराई, किरण गिरी, अग्नी ओझा, मीन बहादुर कार्की, इन्द्र बहादुर तामाङ रहेका छन्।