दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बर्दिया बासगढी नगरपालिका–६ का ३६ वर्षीय जग्गु डाँगीको मृत्यु भएको छ ।
प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोटरसाइकल बर्दियाकै ३० वर्षीय दिपेन्द्र चौधरी रहेका छन् । उहाँको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।