काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायहरुमा २० जना पदाधिकारीहरु नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महिला आयोग लगायत संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
लोकसेवा आयोगमा माधव प्रसाद रेग्मी अध्यक्ष तथा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी सदस्य नियुक्त भएका छन् । अख्तियारको आयुक्तमा हरि पौडेल र सुमित्रा श्रेष्ठ नियुक्त भएका छन् । निर्वाचन आयुक्तमा सगुन शमशेर राणा नियुक्त भएका छन् ।
संवैधानिक परिषद्ले वैशाख २७ गते सिफारिस गरेका २० पदाधिकारीलाई प्रतिनिधि सभा विघटन भएकाले संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो । संविधानमा भएको व्यवस्था र संघीय संसद् संयुक्त समिति सञ्चालन नियमावली अनुसार संसदीय सुनुवाई हुन नसके नियुक्ति सिफारिस भएको ४५ दिन पछि स्वतस्नियुक्त गर्न सकिने प्रावधान छ ।