काठण्माडैं । नेपाल क्रिकेट संघ (क्यान) बुधबार बैठक बसेको छ । उक्त बैठकले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरी पदमुक्त गरेको छ ।
क्यानले जारी गरेको विज्ञप्तिमा कप्तान मल्ल, ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को ‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा सुरुको ६ महिलाको लागि सहभागि नगराउने निर्णय पनि गरेको छ ।
खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको विषयलाई लिएर मल्लसहित चार खेलाडीले सार्वजनिक रुपमा गुनेसो गरेका थिए । उनिहरुले खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यवहारिक नभएको भन्दै आएका थिए ।
यस विषयमा खेलाडीसँग क्यानले स्पष्टिकरण समेत सोधेको थियो । तर खेलाडीको स्पष्टिकरण चित्त बुझ्दो नभएको र खेलाडीले आचार संहिता समेत पालना नगरेकोले कारबाही गरिएको क्यानले जनाएको छ ।
मल्ल र ऐरीलाई कारबाही गर्दै पदमुक्त गरी कप्तानको जिम्मेवारी हाल सन्दीप लामिछानेलाई दिएको छ ।







