ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धनकुटाको शान्ति सुरक्षा र समृद्धिका लागी गृह मन्त्रीलाई ९ बुँदे ज्ञापन पत्र

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ पुस १० गते, ८:१८ बजे
धनकुटाको शान्ति सुरक्षा र समृद्धिका लागी गृह मन्त्रीलाई ९ बुँदे ज्ञापन पत्र
68
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौँ । धनकुटाको विकास र समृद्धीका लागी र धनकुटामा प्रभावकारी रुपमा शान्ति सुरक्षा स्थापना गर्नका लागी नेपाली कांग्रेस धनकुटाको टोलीले  गृह मन्त्री बाल कृष्ण खाडसंग भेटघाट गरी ९ बुँदे माग पत्र बुझाएको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई सहितको धनकुटाको टोलीले गृह मन्त्री खाडसंग गृह मन्त्रालय काठमाण्डौमा भेटघाट गरी ९ बुदे माग पत्र बुझाएको हो । नेपाली कांग्रेस धनकुटाको टोलीले गृह मन्त्री खाँडलाई धनकुटा जिल्लाका राष्टिय सहिद घोषणा गरिएका परिवारलाई सम्मान गर्दै तत्काल आर्थिक सहयोग उपलब्ध गराईयोस साथै सहिद परिवारका कम्तिमा एक जनालाई रोजगारको व्यवस्था गर्न र धनकुटामा रहेको प्रदेश नम्वर १ को प्रहरी प्रमुखको सम्पर्क कार्यालयलाई प्रदेश नम्वर १ को प्रहरी तालिम केन्द्र स्थापना गर्न गृह मन्त्री खाडसंग आग्रह गरेको छ ।

धनकुटा जिल्लामा प्रभावकारी रुपमा शान्ति सुरक्षा स्थापना गर्न धनकुटाको जिल्लाको पर्यटकीय स्थल सागुरीगढी गाउँपालिकाको भेडेटार रहेको प्रहरी चौकी, धनकुटा नगरपालिकाको व्यापारिक केन्द्र हिलेको हिले प्रहरी चौकी, महालक्ष्मी नगरपालिकाको जितपुरमा रहेको जितपुर प्रहरी चौकी र पाख्रिवास नगरपालिाकाको पाख्रिवास प्रहरी चौकी लाई स्तर उन्नती गरी ईलाका प्रहरी चौकी बनाईयोस । साथै सागुरीगढी गाउँपालिकाको आहालेको चादनी बजारमा प्रहरी चौकी स्थापना गर्न गृह मन्त्री खाडसंग माग गरिएको जिल्ला सभापती दिनेश राईले वताएका छन् ।

यसैगरी धनकुटा जिल्ला सदरमुकाममा रहेको सशस्त्र प्रहरी बलको छिन्ताङ्ग देवी ६ नम्वर गुल्मलाई स्तरउन्नती गरी गण बनाईयोस । साथै धनकुटा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर क को राजारानीमा र प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर ख को पाख्रिवास र जितपुरमा सशस्त्र प्रहरी बलको युनिट स्थापना गर्न र अत्यन्तै जोखिम रहेको धनकुटाको मुलघाटमा रहेको सशस्त्र प्रहरी बलको विपत उद्यार युनिटलाई उद्यार गर्नेका लागी विपतसंग सम्वन्ध विभिन्न समाग्रीहरु उपलब्ध गराउन गृह मन्त्रीसंग माग गरिएको जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

धनकुटा जिल्लामा बाढी पहिरोबाट क्षती भएका घर परिवार र मृत्यु भएका परिवारहरुलाई थप राहत उपलब्ध गराईयोस । धनकुटा जिल्लाका गत बर्ष र यस बर्ष असिनापानीबाट छथरजोरपाटी, महालक्ष्मी, धनकुटा नगरपालिकाका लगायतका विभिन्न क्षेत्रहरुमा व्यापक रुपमा तरकारीहरु क्षती भइ कृषकहरुको कराेडाैँ रुपमाको क्षती भएकोले कृषकहरुलाई तत्काल राहत प्रदान गरियोस। साथै हावाहुरी, असिनापानी र अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट क्षती भै घरवाहर विहिन भएका धनकुटाका नागरिकहरुलाई तत्काल राहतको व्यवस्था गर्न र प्रदेश नम्वरकै धनकुटामा नमुना कागार निर्माण कार्यको शुरुवात गरियोस । साथै महालक्ष्मी नगरपालिकाको वडा नं. २ को नेवार गाउमा अस्थायी प्रहरी चौकी स्थापना गर्नका लागी समेत गृह मन्त्री खाडसंग माग गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राईले वताएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist