इटहरी । शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्रनो २६ औं वार्षिक साधारण सभामा सम्पन्न गरेको छ ।
पौष १० गते शनिबार स्थानिय क्षेत्रीय कृषि अनुसन्धानको प्राङ्गणमा भएको सभामा अध्यक्ष बम बहादुर न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
छ करोड ४७ लाख बढी पँजी रहेको यस संस्थामा हालै, ३४ करोड ६ लाख भन्दा बढी ऋण लगानी गरेको छ । ५४ करोड ५ लाख बढी निक्षेप रहेको न्यौपानेले जानकारी दिए ।
राष्ट्रिय सहकारी महासंघ लेखा समितिका सदस्य सोम बहादुर श्रेष्टको प्रमुख आतिथ्यतामा सम्पन्न शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो यस संस्थामा योगदान पु¥याएकाहरुलाई सम्मा गरेको थियो ।
आफ्नो यस २६ औं वार्षिक साधारणमा संस्थाले उत्कृष्ट बचत कर्ताको रुपमा उपकार मेडिसिन सेन्टरका कुल बहादुर कार्कीलाई छनोट गरि नगद ,प्रमाण पत्र र दोसलाले सम्मान गरेको थियो ।
बमबहादुर न्यौपानेको अध्यक्षतामा कार्यक्रम सञ्चालक समितिका सदस्य चिन्तामणि सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए भने, चन्द्र कुमार गिरिले कार्यक्रम संयोजक गरेका थिए ।