मोरङ । मोरङका केहि स्थानका कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका यी कुखुरा फार्ममा बर्डफ्लु भेटीएको हो ।
मोरङको कटहरी–७ मा अवस्थीत पद्मश्री बहुउदेश्यीय कृषि फार्ममा रहेका दुई हजार बोइलरमध्ये ७ सय वटा कुखुरा मरेको र नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो । त्यस्तै मोरङकै ग्रामथान–१ र बुढीगंगा–५ मा पनि बर्डफ्लु भेटिएको हो । ग्रामथानको कृषि फार्ममा रहेका करिब ३ हजार ५०० लेयर्स कुखुरा मरेपछि नमूना परीक्षणका लागि विराटनगरस्थित पशुपन्छी रोग प्रयोगशालामा पठाइएको थियो ।
बुढीगंगा–५ को रास एग्रोभेट फार्ममा रहेका परेवासमेत मरेपछि त्यसको नमूना जाँच गर्दा बर्डफ्लु पुष्टि भएको बताइएको छ ।
बर्डफ्लु देखिएका फार्मका कुखुरा तथा पन्छीजन्य वस्तु नष्ट गर्ने कार्य शुरू भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।







