सुनसरी । हरेक वर्ष फागु पुर्णिमामा मनाईने फागुपर्व मर्यादापूर्वक मनाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरेको छ ।
आगामी फागुन ४ गते तराईका जिल्लाहरुमा मनाइने फागुपर्वलाई मर्यादित रुपमा मनाउन आग्रह गर्दै सुनसरी प्रशासनले सूचना जारी गरेको हो ।
मंगलवार एक सूचना जारी गर्दै प्रशासनले उक्त आग्रह गरेको छ । उक्त सूचनामा प्रशासनले सम्पूर्ण सुनसरीबासीहरुलाई फागुपुर्णिमाको शुभकामना पनि दिएको छ ।
जारी विज्ञप्तिमा, ‘चाडपर्व मनाउने नाममा कसैको इच्छाविपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, नशालु पदार्थ खुवाउने, जिस्काउने तथा सार्वजनिक स्थलमा होहल्ला गर्ने कार्य नगर्नका लागि सूचना जारी गरिएको’ प्रशासनले जनाएको छ ।








