काठमाडौं, १५ साउन । गृहमन्त्री बालकृष्ण खाणले बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सहित प्राविधिक अध्ययन टाेलि खटाउन निर्देशन दिएका छन ।
गृहमन्त्रालय अन्तर्गतकाे राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिईओ डा.अनिल पोखरेललाई निर्देशन दिँदै मन्त्री खाँणले पछिल्लो समय बाढी पहिराले प्रभावित बनेका जिल्ला, सिन्धुपाल्चोक, मनाङ, गाेर्खा लगायतका प्रभावित क्षेत्रमा राहत पुर्याउँदै सहज आपुर्तिकाे ब्याबस्था मिलाउन निर्देशन दिएका हुन ।
बाढी पहिरोले सडक पुलमा क्षति पुर्याएका कारण आवतजावत राेकिएका क्षेत्रमा हेलिकप्टरबाट प्राबिधिकको टोली खटाएर स्थलगत निरीक्षण गरि क्षेतीको अध्ययन गरि प्रतिबेदन पेश गर्ने र आवश्यक थप बजेट अर्थ मन्त्रालय माग गर्न निर्देशन दिएकाे छ ।