धरान । सुनसरीको धरानमा अहिलेसम्म ३५ सय मत गणना भएको छ ।
३५ सय मतगणना हुँदा मेयरमा गठबन्धनको तर्फबाट किशोर राई र उपमेयरमा आइन्द्रविक्रम बेघाको अग्रता छ ।
गठबन्धनतर्फबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले १३४० मत प्राप्त गरेर अग्र स्थानमा रहेका छन् भने स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङलो ९२२ मतका साथ दोस्रो स्थानमा छन् । नेकपा एमालेका मञ्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छन् ।
यसैगरी, उपमेयरतर्फ पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले १४३९ मत ल्याएर अग्र स्थानमा रहेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले ८४४ मत प्राप्त गरेका छन् ।
धरान १,२, ३ नम्बर वडाबाट सुरु भएको मतगणनामा २ नम्बर वडाको मतगणना सकिएको बताइए पनि औपचारिकरुपमा घोषणा भने गरिएको छैन ।