२१ साउन । यहि साउन ३१ गते देखि बुद्ध एयरले भरतपुर–भैरहवा उडान शुरुआत गर्ने भएको छ । हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन उडान गर्न लागेको कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान शुरु गर्न लागिएको हो ।” नारायणगढ–बुटवल सडक विस्तारका कारण यात्रुले सास्ती व्यहोर्दै आएका छन् ।
भैरहवा उडानका लागि एकतर्फी भाडा रु दुई हजार ८३५ देखि रु चार हजार ३३५ सम्म तय गरिएको छ । बुद्ध एयरले भरतपुर–काठमाडौँ नौ उडान गरिरहेको छ । यस्तै भरतपुर–पोखरा दैनिक एक उडान छ । कोरोना कहरका कारण गरिएको निषेधाज्ञा खुकुलो भएसँगै एयरलाइन्सले उडान शुरु गरेको हो ।
नेपाल कै सुन्दर पर्यटकीय गन्तव्य को रुपमा पोखरा र भैरहवा पर्दछन् । भैरहवामा १८ सिट जहाजबाट उडान शुरु गर्न लागिएको प्रबन्धक बस्नेतले बताउनुभयो । चितवनबाट सन् २००५ उडान शुरुआत गरेको कम्पनीले निषेधाज्ञा अघिसम्म भरतपुर–काठमाडौँ दैनिक १२ उडान भर्दै आएको थियो । चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । । उडानको सञ्जाल जोडिएसँगै पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।







