काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई पाँच दिनभित्र उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यही असोज ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय पारेको घोषणा गर्दै वक्तव्य जारी गरे बागी उम्मेदवार र तिनका समर्थक र प्रस्तावकलाई समेत कारबाही नहुने प्रष्ट पारेको हो ।
कांग्रेसले हिजो (बुधबार)मात्रै सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरेको बताएको थियो ।
तर असोज ३१ सम्म उम्मेदवारी निष्क्रिय बनाएमा कारबाही फुकुवा हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहाेस् विज्ञप्ति:








