अफगानिस्तान । अधिकारीहरूले आइतवार अफगानिस्तानको पश्चिमी शहर हेरातमा महिलाहरूको जुलुसलाई तितरबितर पार्दै प्रदर्शनकारीहरूलाई लक्षित गर्दै तालिवान सेनाले हवाई फायर गरेको जनाएका छन् ।
काबुलको एक कक्षाकोठामा शुक्रबार भएको आत्मघाती बम हमलामा दर्जनौं विद्यार्थीको ज्यान गएको थियो भने सैयौं घाइते भएका थिए
संयुक्त राष्ट्र संघले कम्तिमा ३५ जनाको ज्यान गएको र अन्य ८२ जना घाइते भएको बताएको छ, जसमा अधिकांश केटी र युवती छन्।
तालिबान सुरक्षा बलहरूले विश्वविद्यालयको मुख्य गेट बन्द गरेपछि हामी बाहिर निस्कन सकेनौं, ”प्रदर्शनकारी जुलैखा अहमदीको प्रतिक्रिया छ ।







