काठमाडौ २९ साउन । नेपाली कांग्रेसका निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दा आज सुनुवाई हुने भएको छ । रौतहट बम विस्फोटको अभियोगमा उनि थुनामा रहेका थिए ।
न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा आलमको मुद्दा पेसी गरेको छ । आलामले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए । २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ । जिल्ला,उच्च हुँदै उनको मुद्दा सर्वोच्च आएको हो । आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन रहेको छ ।
न्यायाधीश राउत र रेग्मी नेपाली कांग्रेसको कोटामा सर्वोच्चको स्थायी न्यायाधीश सिफारिस भएका हुन् । आलमको निवेदन पहिलो नम्बरमा पेसी रहेको छ ।