इनरुवा । एक नम्वर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले प्रदेश सरकार सदनप्रति गैर जिम्मेवार रहेको बताएका छन् ।
सुनसरीको हरिनगर गाउँपालिकाबाट प्रकाशित सुरसेर राष्ट्रिय दैनिक पत्रिकाको विमोचन कार्यक्रमलाई मङगलबार सम्बोधन गर्नुहुदै नेता कोइरालाले सो कुरा बताएका हुन ।
अहिले प्रदेश अधिवेशन चलिरहेका बेलामा बीचमै अचानक अन्त्य गर्नुले प्रदेश सरकारको सदनप्रतिको गैर जिम्मेवारीपन उदांगिएको बताए । अहिले प्रदेश सरकार चरित्रले संघीयता नै खतरामा समेत परेको उनले बताए ।
नेता कोइरालाले अधिवेशन अन्त्य गर्नु प्रदेश सरकारको अत्यन्तै अलोकतान्त्रिक र गैर जिम्मेवारीपूर्ण कार्य भएको उल्लेख गरे । सदनमा बिभिन्न बिधेयक माथि छलफल भइरहेका बेलामा सदनमा प्रतिनिधित्व गर्ने दलसँग समेत सल्लाह नगरी संसद अधिवेसन अन्त गरेको उनको भनाई छ ।
प्रदेश सरकारले गरिरहेको रबैया र देखाइरहेको प्रबृति ओली सरकारको प्रवृत्ति दोहो¥याएको उनको दावी थियो । उनले बिभिन्न प्रदेश एमालेको सरकार गइरहेका बेलामा त्यसको त्रासका कारणले समेत प्रदेश सरकारको सिफारीसमा प्रदेश अधिवेसन अन्त गर्ने कार्य भएको उल्लेख गरे ।
नेता कोइरालाले अहिलेको सरकारले जनता प्रति जिम्मेवार नभइ आफू प्रति मात्र जिम्मेवार भएको दाबी गरे । कोरोना कहकारका कारणले जनताले बिभिन्न किसिमको समस्याबाट ग्रसीत भएका बेलामा सरकारमा रहेका मन्त्रीहरुले एकलौटी ढङगले कार्य गरिहेको र कमाउ धन्दामा लागेको उहाँले अरोप लगाए। नेता कोइरालाले प्रदेश सरकारले संसद विकास कोषको रकम कट्टा गरेर सरकारमा भएको मन्त्रीले आफ्नो क्षेत्रमा रकम खर्च गर्ने गरेको बताए ।
प्रसङगमा बोल्नुहुदै नेता कोइरालाले पत्रकारीतालाई व्यवसायिक बनाउन आवश्यक रहेकोमा जोड दिए । पछिल्लो समयमा सहर मुखी पत्रकारीता बढ्दै गएकाले ग्रामिण क्षेत्रको पत्रकारीतालाई व्यवसायिक बनाउन आवश्यक रहेको बताए । नेता कोइरालाले सुनसरीको ग्रामिण क्षेत्र हरिनगर गाउँपालिकाबाट प्रकाशित सुरसेर पत्रिकाले जनविश्वास जित्न आवश्यक रहेकोमा जोड दिए ।
हरिनगर गाउँपालिकामा रहेको रामनगर भुट्हाको छुटै इतिहास रहेको उल्लेख गर्द कोइरालाले इतिहासलाई समेटदै ग्रामीण क्षेत्रमा रहेका समस्याहरुलाई निष्पक्ष सत्य र तथ्यमा अधारीत भएर समाचार सम्प्रेषण गर्नका आग्रह गरे ।
कार्यक्रममा प्रदेश १ का सांसद हाजी ताहिर अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, प्रदेश अध्यक्ष लिलाबल्भ घिमिरे, प्रदेश सदस्य प्रमोद यादव, सुनसरीका कोषाध्यक्ष अजितकुमार झा, नेपाली काङग्रेस सुनसरीका सचिव केदार भण्डारी उद्योगवाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्रकुमार साह लगायतको सहभागीता रहेको थियो ।