काठमाडौँ २ भदौ । अफगानिस्तानमाथि कब्जा जमाएको तालिबानले अमेरिकी हातहतियार पनि आफ्नो कब्जामा परेको छ । तालिबानले अमेरिकी हातहतियारको भण्डार आफ्नो कब्जामा लिएको हो ।
भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’ को खबर अनुसार तालिबानले अफगानिस्तानमाथि कब्जा गरेपछि ठूलो परिमाणमा अमेरिकी हतियार जम्मा गरेको ह्वाइट हाउसले मंगलबार स्वीकार गरेको छ । सार्वजनिक भएका केही तस्बिर र भिडियोमा तालिबान चरमपन्थी ती हतियार र सैन्य गाडीसहित देखिएका छन् जसलाई अमेरिकी सैनिकले प्रयोग गर्दथे वा जुन अफगानिस्तानको सुरक्षाबललाई दिइएको थियो ।
कंधार विमानस्थलमा रहेको अत्याधुनिक यूएच–६० ब्ल्याक हक हेलिकोप्टर र अन्य उपकरण पनि समावेश छन् । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले भने, ‘सबै सैन्य सामान कहाँ गएका थिए, त्यो स्पष्ट हुन सकेको थिएन । तर निश्चित रुपमा यसको ठूलो हिस्सा तालिबानको हातमा परेको छ । उनीहरुले यी सबै अमेरिकालाई फिर्ता गर्लान् जस्तो लागेको छैन ।







