काठमाडाैँ, २ भाद्र । धनकुटाको विकास र समृद्धिका लागि वर्तमान सरकार कटिवद्ध रहेको कानुन मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र वहादुर कार्कीले वताएका छन्।
नेपाली कांग्रेस धनकुटाको प्रतिनिधि मण्डलसँग काठमाण्डौमा भेटघाटकाे क्रममा साे कुरा वताएका हुन्। मन्त्री कार्कीसँग बुधबार नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल, महासमिति सदस्य आनन्द सन्तोषी राई, जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य निलम थामा, धनकुटा-काठमाण्डौ सम्पर्क समितिका सभापती भीम थापा, नेपाल विद्यार्थी संघका धनकुटा-काठमाण्डौ सम्पर्क समितिका सभापति सविन पोख्रेल लगायतका नेताहरुले मन्त्रालयमा भेटघाट तथा छलफल गरी धनकुटाको विकास र समृद्धीका लागी विशेष योजना सहितको बजेटको व्यवस्था गर्न अनुरोध गरेका थिए।
यसैगरी नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि मण्डलले आजै नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुन नर सिंह केसीसंग पनि काठमाण्डौमा भेटघाट गरी पार्टी संगठन र धनकुटाको विकासको वारेमा छलफल गरेका थिए।
यसैगरी नेपाली कांग्रेसका चर्चित यूवा नेता तथा पूर्व मन्त्री केन्द्रीय सदस्य गगन कुमार थापासँग पनि काठमाण्डौमा भेटघाट गरी नेपाली कांग्रेसको आगामी महाधिवेशन र धनकुटाको विकास र समृद्धीका लागी छलफल भएको थियो।