काठमाडाैँ, ३ भाद्र । संगठन र आसन्न पार्टिकाे महाधिवेशनको विषयमा नेपाली काँग्रेस धनकुटाको टोलीले बुधबार काठमाण्डौमा नेपाली कांग्रेसका महामन्त्री डा.शसाक कोईराला र पूर्व महामन्त्री प्रकाशमान सिंहसँग छलफल गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोईरालासंग नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, महासमिति सदस्यहरु अजित नारायण सिंह थापा, आनन्द सन्तोषी राई, जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्यहरु निर्मल ओझा, निलम थापा लगायतका नेताहरुले भेटघाट गरी आगामी महाधिवेशन र पार्टी संगठन सुदृढीकरणको वारेमा परार्मश गरेका हुन्।
यसैगरी नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह श्रेष्ठसंग पनि भेटघाट गरी नेपाली कांग्रेसको अहिलेका अवस्था,आगामी महाधिवेशनको वारेमा समेत छलफल गरेका थिए।
सो अवसरमा नेपाली कांग्रेसका महामन्त्री डा.शसांक कोईराला र पूर्व महामन्त्री प्रकाशमान सिंह श्रेष्ठले पार्टिकाे आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार भएको वताउँदै अबकाे महाधिवेशनले नेपाली कांग्रेसलाई सक्षम नेतृत्व दिने दाबी गरेका छन्।