काठमाडाैँ ५ भाद्र । नेपाली कांग्रेसको महाधिवशेनबाट कांग्रेसमा ठूलो संख्यामा युवा नेतृत्वमा स्थापित हुने नेपाली कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले वताएका छन्।
कांग्रेस प्रवक्ता शर्मासँग धनकुटाका काँग्रेस प्रतिनिधि मण्डलले भेटी कांग्रेसको महाधिवेशन लगायत पार्टी संगठनको विषयमा परामर्श गरेको छ। प्रवक्ता शर्माले आगामी कांग्रेसको महाधिवशेनबाट कांग्रेसमा ठूलो संख्यामा युवा नेतृत्वमा स्थापित हुने वताएका छन्।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, महाधिवेन प्रतिनिधि नेता उदय लिम्बु, जिल्ला सदस्य निलम थापा, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेपाल विद्यार्थी संघ धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापति सविन पोख्रेल लगायतका नेताहरुले कांग्रेस प्रवक्ता शर्मालाई काठमाण्डौमा भेटी विभिन्न विषयमा परार्मश गरेका हुन्।
नेपाल विद्यार्थी संघ धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापति सविन पोख्रेलले काेराेना महामारीका बिचमा कसरी महाधिवेशन गराउन सकिन्छ र यदि महाधिवेशन समयमा हुन नसकेमा अगाडीकाे बाटाे के हुने भन्ने विषयमा छलफल भएकाे वताएका छन्।
यसैगरी, नेपाली कांग्रेसको आगामी महाधिवेशनमा नेपाल प्रेस युनियनको भूमिकाको विषयमा नेपाली कांग्रेस धनकुटाको टोलीले नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलसँग नेपाल प्रेस युनियन केन्द्रीय कार्यालयमा भेटघाट गरी छलफल गरेको छ। नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेका धनकुटा कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले यूवा नेताहरु महाधिवेशनमा दर्हाे ढंगबाट नेतृत्वमा अगाडी बढ्न प्रवक्ता शर्मा र अध्यक्ष सिग्देललाई आग्रह गरेका छन्। सो अवसरमा केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपाली कांग्रेसको महाधिवेशन सफल बनाउन प्रेस युनियनको महत्वपूर्ण भूमिका हुने वताएका छन्।