काठमाडाैँ । संखुवासभामा भीरबाट लडेर एक युवककाे मृत्यु भएको छ।
मृत्यु हुनेमा संखुवासभाको माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राई रहेका छन् । राईले कसैलाई जानकारी नगराई शुक्रबार घरबाट निस्किएका थिए ।
भीरबाट लडेका राईको शव करिब एक सय ५० मिटर तल चेम्सी खोलामा स्थानीयले फेला पारेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।






