काठमाडाैँ । मंगलबार नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमण प्रयास भएको छ ।
पार्टी बैठकका लागि ताप्लेजुङको फुङलिङ बजार जाने क्रममा बाटोमा आक्रमण प्रयास भएको हो । प्रदेशमा भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेको भन्दै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । पहिचान पक्षधर दलका कार्यकर्ताले सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि समेत ओखलढुंगामा आक्रमण प्रयास गरेका थिए ।