ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र २० गते, ७:४८ बजे
आजबाट १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप दिइने
23
SHARES
Share on FacebookShare on Twitter

कञ्चनपुर । जिल्लामा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो ।

खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले जानकारी दिएका छन् । भारतबाट नेपाल फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेपछि कोभिडविरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान सुरु भएको थियो तर खोप अभियानका सहभागिको सङ्ख्या न्यून रहेको उनले बताए ।

“खोप लगाउनेको सङ्ख्या धेरै कम छ पहिलो डोज पछि धेरै मानिस खोप लगाउन आएनन”, उनले भने, “अहिलेको खोप अभियानमा पनि खोप लगाउन आउनेको धेरै कम खोप लगाउन सबैलाई आग्रह गर्छौं ।”

अहिले ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिन थालिएको छ  । कञ्चनपुरको बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले बुस्टरडोज लगाउन आउने सङ्ख्या न्यून रहेको बताए ।

“हाम्रो नगरपालिकामा पाँच हजार चार सय डोज खोप आएको छ ।” उनले भने – “शनिवारसम्म करिब एक हजार पाँचसयले मात्रै खोप लगाएका छन यो न्यून हो”, उनले सोमबार खोप अभियानको अन्तिम दिन भएकाले सङ्ख्या बढ्न सक्ने बताए ।

“हामीले गाउँगाउँमा माइकिङसमेत गरेका हौँ”, उनले भने, “यसपटक बुस्टर डोज लगाउन न्यून मानिस आए ।” भीमदत्त नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले पनि पालिकामा १० हजार डोज खोप आएपनि खोप लगाउने मानिसको सङ्ख्या धेरै कम रहेको बताए ।

“पहिलो पटक खोप लगाउँदा भ्याइनभ्याइ थियो अहिले आएको खोप समेत फिर्ता गर्नुपर्ने अवस्था आएको छ”, उनले भने, “सबै वडाका स्वास्थ्य संस्थामा खोप उपलब्ध छ लगाउन आउनेको सङ्ख्या न्यून छ ।”

कार्यालयका अनुसार कञ्चनपुरमा बुस्टर डोजका लागि ५० हजार डोज खोप आएको छ । कार्यालयको तथ्याङ्कअनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले मात्रै कोभिडविरुद्धको खोप लगाएका छन । जिल्लामा चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन ।

त्यसैगरी तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन । पहिलो मात्रापछि खोप लगाउनेको सङ्ख्या घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist