इटहरी । इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा जेहेनदार विद्यार्थीलाई ६५ प्रतिशत छुट दिइने भएको छ । वि.सं २०८० को नयाँ शैक्षिक सत्रमा भर्ना हुन चाहने र जेहेनदार विद्यार्थीलाई ६५ प्रतिशतसम्म छुट दिइने विद्यालयले जनाएको हो ।
विद्यालयका प्रधानाध्यापक भीमबहादुर श्रेष्ठका अनुसार कक्षा १ देखि ९ सम्मका विद्यार्थीबाट उत्कृष्ट ९० प्रतिशतभन्दा बढी अंक ल्याउने २–२ जनालाई गोलाप्रथाबाट चयन गरी ६५ प्रतिशत शुल्क छुट गरी छात्रवृत्ति दिइनेछ ।
यस्तै, कक्षा कक्षा १ देखि ९ सम्मका विद्यार्थीबाट ८० प्रतिशतभन्दा बढी अंक ल्याउने २–२ जनालाई गोलाप्रथाबाट चयन गरी ५० प्रतिशत छुट दिइनेछ ।
यस्तै, कक्षा कक्षा १ देखि ९ सम्मका विद्यार्थीबाट ७० प्रतिशतभन्दा बढी अंक ल्याउने २–२ जनालाई गोलाप्रथाबाट चयन गरी ३० प्रतिशत छुट दिइने श्रेष्ठले बताए ।
नयाँ शैक्षिक सत्रमा भर्ना हुनेहरूको संख्या बढ्दो रहेकाले आँफूहरूले शैक्षिक सुधारका निम्ति कुनै कसर बाँकी नराख्ने उनले बताए ।
खासगरी शैक्षिक गुणस्तर बढाउन र प्रयोगात्मक शिक्षामार्फत विद्यार्थीको क्षमता बढाउन आँफूहरूको प्रयास रहेको उनको दाबी छ ।