झापा २२ साउन । मानव अपहरण तथा शरिर बन्धन, जबरजस्ती चोरी मुद्धामा फैसला भई हालसम्म फरार रहेका अर्जुन थेवे भन्ने अर्जुन पेहिम लिम्बु आज मिति २०७८/०४/२१ गते दमक बाट खटाईएको प्रहरी टोलीले प्रकाउ गरेको छ ।
झापा जिल्ला अदालतले मिति २०७३/१०/०५ गते निजलाई मानब अपहरण तथा शरिर बन्धक र जबरजस्ती चोरी मुद्धामा कैद तथा जरीवाना फैसला सुनाएको थियो । अभियूक्त थेबे हाल सम्म फरार रहेका थिए ।
३४ बर्षिय थेबे मोरङ जिल्ला मधुमल्ला १ मिक्लाजुङ वडा ९ मा बस्तै आएका छन् । उनलाई झापा जिल्ला अदालतले ९ वर्ष, १ महिना, १५ दिन कैदको सजाय सुनाएको थियो ।
दमक प्रहरीले थेबेलाई भद्रपुर अदालतमा उपस्थित गराएको थियो । भद्रपुर अदालतले निजलाई बाँकी कैद तथा जरीवानाको लागि श्री कारागार कार्यालय चन्द्रगढी चलान गरीएको छ