धरान । अक्टोवर १४ बायो-इथिक्स दिवस । “भावी पुस्ताहरुको संरक्षण” भन्ने नारा सहित विविध कार्यक्रमहरु गरी सन् २०२३ को बायो–इथिक्स दिवस मनाइएको छ ।
धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित एक कार्यक्रममा वर्तमान मानव जातिले क्रियाकलाप, ब्यवहार, पेशा, निर्णय गर्दा भावीे पिँढिको पनि हित, कल्याणबारे बिचार पुर्याउनुपर्ने पर्ने आवश्यकता औल्याउँदै कार्यक्रम सम्पन्न गरिएको हो ।
बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुको सहभागिता थियो ।
नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका शैक्षिक डिन प्रा.डा. शिवेन्द्र झाले शुभकामना तथा बधाई सन्देस दिका थिए ।
विद्यार्थी सल्मान हैदर हुसेन र रिचा कोइरालाले संकायका विविध कार्यक्रम र अनुभवहरुका बारेमा बोले भने यस अवसरमा सम्पन्न विविध प्रतियोगिताहरुका निबन्ध, कविता, चित्रकला पोस्टर, शोध पोष्टर, फोटोहरु र नाटकको प्रस्तुत गरेका थिए ।
यस वर्ष सञ्चालान गरिएका विविन्न प्रतियोगिताहरुका परिणामको पनि घोषणा गरिएको थियो । प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के, डा. अशोक ऐर र बसन्त गेलाल निर्णायक रहेको फोटोग्राफीमा सुरजा शाक्य, आसु झा र डा. शशांक भट्टराई प्रथम, द्वितीय र तृतीय भएका छन् ।
त्यसैगरी, प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के, डा. सरुन कोइराला, डा. किशोर गुरुङ र बसन्त गेलाल निर्णायक रहेको आर्ट पोष्टरमा रजनी न्यौपाने, असिम भट्टराई र सुरजा शाक्य; प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के र बसन्त गेलाल निर्णायक रहेको अनुसन्धान पोष्टरमा पुरस्कृत भएका थिए ।
चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाहको टोली र सिद्घार्थ गुप्ता, बालिका दाहाल, नकेन्द्र मल्ल, रिजन मल्लको टोली; प्रा.डा. धनरत्न शाक्य, खेम सुबेदी र डा. रिता खड्का निर्णायक रहेको निबन्धमा डा. सत्यम मण्डल, ओमकुमार र पपुलर पोखरेल तथा प्रा.डा. धनरत्न शाक्य, डा. अशोक ऐर, डा. किशोर गुरुङ र डा. रिता खड्का निर्णायक रहेको कविता प्रतियोगितामा सुयोग झा, बिक्रम राना र पपुलर पोखरेल पुरस्कृत भए ।
नेपालका तर्फबाट सहभागी प्रा.डा. धनरत्न शाक्यबाट निर्देशित चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाह टोलीको अनुसन्धान पोस्टरका लागि नेपाल यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा तृतीय भएको छ ।
कार्यक्रमका संयोजक नेपाल एकाई तथा प्रतिष्ठानको मानसिकरोग विभागका प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन् गर्ने यस्ता अबसर र कार्यक्रमहरु नियमित र बिस्तारित हुँदै जाने शुभेच्छा राखेका थिए । उनले यस वर्षको नाराले वर्तमान पिँढीलाई भावी पुस्ताको लागि पनि साधनश्रोत, स्वास्थ्य, संस्कार, निति, क्षमता र अधिकार सुनिश्चित हुने हिसाबले ब्यवहार गर्न, निर्णय लिन र जीवन जिउन आव्हान गरेको धारणा राखे ।
विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएकोछ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएकोछ ।
बायोइथिक्स विद्यार्थी संकायका अक्षता वस्ती र क्रिस रौनियारले सञ्चालन गरेको उक्त कार्यक्रम डा. गजेन्द्र बिराजी, प्रतियोगिताका निर्णायकहरुका तर्फबाट बसन्त गेलाल र विद्यार्थी ओमकुमारले आ-आफ्ना प्रस्तुति राखे जसमा प्रा.डा. शाक्यको समापन मन्तब्य राखेका थिए ।