मोरङ । जिल्ला मोरङ अदालतले चार वर्षअघिका ‘३३ किलो सुन तस्करी प्रकरण’ मा जोडिएको ८ जनालाई दोषी ठहर गरेको छ । उक्त मुद्दामा ४८ जनासहित नेपाल प्रहरीका पूर्व उच्च अधिकारीहरूले भने अदालतबाट सफाइ पाएको बताइएको छ ।
युएईहुदैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याइएको साढे ३३ किलो सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएकोे थियो ।मोरङको उर्लाबारीका सनम शाक्यले उक्त सुन बोकेको र उनको हत्या गरिएको थियो हत्या भएपछि सुन प्रकरणमा ठूला ठूला पदमा बिराजमान मानिसहरूको संलग्नता देखिएको प्रहरीले दाबी गरेको थियो ।
उक्त सुन काण्डमा बहालवाला प्रहरी अधिकारीसहित ७७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो । भने ७ जना विरुद्ध ज्यान मुद्दामा संलग्न भएको आरोपमा लागेको थियो ।
मोरङ जिल्ला अदालतले सुन तस्करी प्रकरण र सनम शाक्यको हत्यामा संलग्न मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । भने सुन तस्करीमा मुछिएका एसएसपी लाई जेल चलान गरेको छ । प्रहरी अधिकारी सहित ६३ जना विरुद्ध मुदा चलिरहेको अदालतका स्रेस्तादार टिकेन्द्रबीर जंग राणाले बताए ।
सनम शाक्यको हत्यामा संलग्न रहेका टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् । उनिहरुलाई जन्मकैदको सजाए सुनाएको स्रोतले जानकारी दिएको छ । अन्य दुई जना अभियुक्तहरू मध्ये राजन कुमारलाई तीन वर्ष र माधव भन्ने मदनकुमार घिमिरेलाई ६ महिना कैद सजाय सुनाइएकोे छ ।
चुडामणि उप्रेती ‘गोरे’ कर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भएका छन् ।