ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

स्थानीय तह निर्वाचनका लागि निर्देशिका तयार हुँदै

फागुन २५ भित्र सबै मस्यौदालाई अन्तिम रूप दिईने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते, १२:५० बजे
आयव्ययको लेखा परीक्षण नगर्ने दललाई ५० हजार रुपैयाँ जरिवाना (सूचिसहित)
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि आवश्यक निर्देशिका बनाउने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । निर्वाचन कार्यतालिकाबमोजिम फागुन २५ भित्र सबै मस्यौदालाई अन्तिम रूप दिनुपर्नेछ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचन, २०७९ का लागि १४ वटा निर्देशिका आवश्यक हुने बताए ।

आयोगका अनुसार जनशक्ति व्यवस्थापन, निर्वाचन मतदान, मतगणना, आर्थिक व्यवस्थापन, निर्वाचन सुरक्षा, निर्वाचन अनुगमन, निर्वाचन पर्यवेक्षण, मतदाता शिक्षा, आचारसंहिता, जनशक्ति प्रशिक्षण, निर्वाचन विवाद (सुनुवाइ तथा निरुपण), कसुर तथा सजाय, सञ्चारमाध्यम अनुगमनसहितका निर्देशिका निर्वाचन प्रयोजनका लागि आवश्यक पर्नेछ ।

आयोगले पछिल्लो निर्वाचनमा प्रयोगमा आएका निर्देशिकालाई नै संशोधन तथा परिमार्जन गर्दै छ । सहायक प्रवक्ता अर्यालले भने, ‘शून्यबाट कुनै पनि निर्देशिकाको मस्यौदा गर्नु परेको छैन, विद्यमान निर्देशिकालाई समयसापेक्ष आयोगको आवश्यकताबमोजिम परिमार्जन र संशोधन गरिँदै छ ।’

हालसम्म जनशक्ति व्यवस्थापन निर्देशिका र आर्थिक व्यवस्थापन निर्देशिका स्वीकृत भइसकेको छ । सहायक प्रवक्ता अर्यालले भन्नुभयो, ‘आर्थिक व्यवस्थापनमा अर्थ मन्त्रालय र आचारसंहिता निर्देशिकामा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति आवश्यक पर्छ, अन्य मस्यौदा भने आयोग आफैँले सम्पूर्ण प्रक्रिया अपनाएर स्वीकृत गर्नेछ ।’

आचारसंहिताको मस्यौदा भने कानुन मन्त्रालयबाट सम्पादन भएर आयोगमा फर्काइएको र छिट्टै स्वीकृत हुने अर्यालले बताउनुभयो । हालसम्म जनशक्ति र आर्थिक व्यवस्थापन गरी दुईवटा मस्यौदा स्वीकृत भएरनिर्देशिकाका रूपमा प्रयोगमा आइसकेको छ ।आयोगले स्वीकृत निर्वाचन कार्यतालिका पछ्याउँदै जाँदा निर्देशिकाबमोजिम कार्यक्रम अगाडि बढाउनेछ ।

उनले आर्थिक व्यवस्थापन, सुरक्षा, आचारसंहिता, जनशक्ति प्रशिक्षण, अनुगमन र पर्यवेक्षण, मतदाता शिक्षालगायतका निर्देशिका तत्काल आवश्यक पर्ने बताउनुभयो । आचारसंहिता लागू भएपछि मात्रै मतदान, मतगणना, सञ्चारमाध्यम अनुगमन, निर्वाचन विवाद, कसुर तथा सजायलगायतका निर्देशिकाबमोजिम कार्य सम्पादन हुने सहायक प्रवक्ता अर्यालले भने ।

मतदान हुने मिति नजिकिँदै जाँदा आयोगले मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी गरेको छ तर कार्यविधि बनिसकेको छैन । मतदाता शिक्षाका लागि आवश्यक सन्देशमूलक सामग्री भने सङ्कलनका क्रममा रहेको छ । मतदाता शिक्षा सञ्चालनपूर्व नै निर्देशिकालाई अन्तिम रूप दिनुपर्ने उनले बताए ।

त्यसैगरी निर्वाचन पर्यवेक्षण र अनुगमनका लागि तत्कालै सम्बन्धित संस्थाहरूबाट निवेदन आह्वान गरिने हुँदा कार्यविधि आवश्यक हुनेछ । सुरक्षाको दृष्टिले मतदानस्थलको वर्गीकरण गर्न योजना बनाउनुपर्ने हुँदा निर्वाचन सुरक्षा निर्देशिका तत्काल नै आवश्यक पर्नेछ । आयोगका पदाधिकारीले चैत्त पहिलो साता नै सुरक्षा सम्बन्धमा सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयसँग छलफल गर्ने तयारी गरेको छ । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगसमक्ष अब ६७ दिन मात्रै बाँकी छ । आयोगले चैत तेस्रो सातादेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist