काठमाडौँ, ३ भाद्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबिस घन्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
११ हजार ९४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७५४ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै गत २४ घण्टामा देशभर ३३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८६७ जना कोरोना संक्रमित थपिएका छन्। जसमा काठमाडौँमा ६३९ , भक्तपुरमा १०१ र ललितपुरमा १२७ जना कोरोना संक्रमित थपिएका हुन्।