काठमाडौँ, ३ भाद्र । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ।
कोरोना महामारी व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन, अनुगमन र व्यवस्थापनका लागि गठित समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ डा. दिपेन्द्र रमण सिह र सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनी रहेका छन्।