काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समेतका विरुद्ध सर्वाेच्चमा दायर गरिएकाे रिट निवेदन हेर्न नभ्याउने भएकाे छ ।
ज्ञानेन्द्रराज आरण समेतले गत फाल्गुण २३ गते दायर गरेकाे रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठकाे एकल इजलासमा परेकाे थियाे । श्रेष्ठकाे अर्काे सयुक्त इजलास बसेकाेले एकल इजलासका कुनै पनि मुद्दाहरु सुनुवाई नभएका हुन् ।
यस मुद्दाकाे अर्काे पेशी भाेली फाल्गुण २६ गतेलाई ताेकिएकाे छ ।