काठमाडाैँ, ५ भाद्र । धनकुटामा कृषि क्षेत्रको विकास र विस्तारको विषयमा कृषि उद्यम केन्द्रका सभापति तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गीसंग धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष सहितको प्रतिनिधि मण्डलले भेटघाट गरेकाे छ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ यूवा कृषि उद्यमी लिलम थापा लगायतका धनकुटाका प्रतिनिधि मण्डलले कृषि उद्यम केन्द्रका सभापति तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गीसंग काठमाण्डाैमा भेट गरी धनकुटामा कार्यक्रम संचालन गर्न माग गर्दै धनकुटामा कृषि क्षेत्रको विकासको वारेमा परामर्श गरेको हो। सो अवसरमा कृषि उद्यम केन्द्रका सभापति तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गीले तरकारी तथा फलफुल लगायत कृषिको उर्वर भूमी धनकुटा भएकाले कृषि उद्यम केन्द्र मार्फत धनकुटामा कार्यक्रम संचालन गरी सहयोग गर्ने वताएका छन्।
सुमार्गीले विभिन्न नमुनाका कार्यक्रमहरु संचालन गर्ने समेत वताएका छन्। सो अवसरमा उनले धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईलाई कृषि उद्यम केन्द्रको सदस्यमा मनोनयन गरेका छन् साथै धनकुटाका वरिष्ठ यूवा कृषि उद्यमी तथा व्यावसायी निलम वहादुर थापालाई कृषि उद्यम केन्द्रबाट संचालन गरेको १ सय कृषक छनौट अभियान अन्तरगत पहिलो सदस्य बनाउँदै सदस्यताको पत्र प्रदान गरेका छन्।
उक्त कार्यक्रममा कृषि उद्यम केन्द्रका उपाध्यक्ष दिपेन्द्र वहादुर खत्री, सदस्यहरु कमन बुढा, जगत खड्का, विज्ञ डाक्टर दिनेश प्रसाद पराजुली, रमेश कडरीया, आर बी गौतम, सुर्गेन विसी लगायतका सहभागीता रहेको थियो।