एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाले ड्रोन आक्रमण गरेको छ ।
अमेरिकी सैनिक अधिकारीले बताए अनुसार अर्को गम्भीर र घातक आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको जानकारी दिएका छन् ।
इस्लामिक स्टेटको अफगान समूह आइएस–के का कम्तीमा एक व्यक्ति सवार सवारी साधनलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । ती व्यक्ति सम्भावित आक्रमणकारी रहेको अमेरिकी दाबी छ ।
यसैबिच अमेरिकाले गरेको ड्रोन आक्रमणमा ६ बालबालिका सहित एकै परिवारका ९ सदस्य रहेको सिएनएनले जनाएको छ ।
अमेरिकी प्रवक्ताले ड्रोन आक्रमणका कारण भन्दा पनि निशाना बनाइएको आइएस–के को सवारी साधानमा रहेको विस्फोटक पदार्थका कारण भएको बिस्फोटले क्षति भएको हुन सक्ने बताएका छन् ।
अमेरिकाले यसअघि फेरि पनि गम्भीर आतंकवादी आक्रमणको जोखिम रहेको भन्दै चेतावनी दिएको थियो ।
गत बिहीबार काबुल स्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै भएको बम आक्रमणमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान गएको थियो । सो आक्रमणको जिम्मा आइएस–के ले लिएको थियो ।
आइएस–के बाट फेरी पनि आक्रमणको जोखिम रहेको बताउँदै आएको अमेरिकाले ड्रोन आक्रमण गर्नु परेको बताउदै आएको छ ।