काठमाडाैँ । न्यायपालिकाको गरिमा र सम्मान कायम राख्न प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक सच्चाउन सर्वोच्च अदालत बार एशोसिएशनको बैठकले माग गरेको छ ।
मङ्गलबार बसेको बारको बैठकले उक्त विधेयकलाई मर्यादाक्रम पूर्ववत रहने गरी सच्याउन अनुरोध गरेको सर्वाेच्च बार अध्यक्ष हरिशङ्कर निरालाले वताएका छन् । प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेर गर्ने गरी राष्ट्रियसभामा हालै प्रस्तुत भएको विधेयकको सम्बन्धमा सर्वोच्च बारले ध्यानाकर्षण जनाउँदै सच्याउन अनुरोध गरेको हो ।