काठमाण्डौं, नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक सुरु भएको छ । एमालेसँग विभाजन भएपछि पहिलोपटक समाजवादीको संसदीय दलको बैठक बसेको हो ।
सो बैठकले दलको नेतादेखि प्रमुख सचेतकसहित पदाधिकारी चयन गर्नेछ । अहिले बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरिरहेका छन् ।
बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । यस्तै प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ ।
सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । संसदीय दलको नेत ाचयन भए लगतै छिट्टै सरकारमा जाने योजना रहेको केन्द्रीय सदस्य आलेले बताए ।