काठमाडौं । प्रभु बैंक लिमिटेडका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका डेपुटी सिईओ मनोज न्यौपाने सहित १० जनालाई पक्राउ गरेको हो ।
तत्कालिन सेञ्चुरी बैंकको सीईओ हुँदाका बखत कर्जा प्रवाहमा चलखेल गरेको आरोपमा दुई जनासहित १० जनालाई लाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । कम धितो राखेर सीमाभन्दा बढी कर्जा प्रवाह गरेको आरोप उनीहरुलाई लागेको छ।