ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

अभिभावकलाई प्रधानाध्यापकको खुलापत्र

हामी शिक्षक, अभिभावकहरु गम्भीर बन्नै पर्दछ ।

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० चैत्र २४ गते, ६:४८ बजे
51
SHARES
Share on FacebookShare on Twitter

आदरणीय अभिभावक ज्यू, नमस्कार,

यस शैक्षिकसत्र २०८० को वार्षिक परिक्षा सकिएको छ । नयाँवर्ष विक्रम संवत २०८१ सालको उपलक्ष्यमा मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुल परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

मिति २०८१ बैसाख ६ गतेबाट नयाँ शैक्षिकसत्रको नियमित कक्षाहरु सञ्चालन हुनेछन् । बिदाको समय बैसाख ५ गते सम्म नानीबाबुहरु घरपरिवारमा आमा–बुबा, दिदीबहिनी, दाजुभाईसँग आफ्नो अमुल्य समय बिताउनु हुनेछ । यो समयलाई सुन्दर र सिर्जनात्मक बनाउन घर-परिवार पहिलो पाठशाला भएकाले बालबालिकाको मनोभावना बुझेर बालबालिका अनुकूल ‘सकारात्मक अभिभावक’को व्यवहार गर्न आग्रह गर्दछौं ।

बालबालिकाको उज्ज्वल भविष्यको लागि पढाई निकै महत्वपूर्ण विषय हो । यो बिषयलाई आदरणीय अभिभावकज्यूहरुले राम्रोसँग बुझ्नु भएको कुरामा दुईमत छैन । तर, हाम्रा नानीबाबुहरुलाई पाठ्यपुस्तकमा आधारित भएर विद्यालयमा दिइने औपचारिक शिक्षामात्र पर्याप्त छैन । नानीबाबुहरुले जीवनमा उल्लेख्य प्रगति गर्न र सक्षम नागरिक बन्न बाल्यकाल देखि सिकाईने अनुशासन र मर्यादा सहितको व्यवहारिक सिकाईले बलियो आत्मबल बनाउन मद्दत गर्दछ ।

अनुशासन र बलियो  आत्मबल बालबालिकाको उज्वल भविष्यका लागि पहिलो सर्त हो । त्यसपछि मात्र पढाई र सिकाई आउने कुरा विभिन्न विद्वानहरूले बाताउँदै आउनु भएको विषय हो । यस बिषयमा हामी शिक्षक, अभिभावकहरु गम्भीर बन्नै पर्दछ ।

आदरणीय अभिभावक ज्यूहरु, आफ्ना छोराछोरीलाई अनुशासन, मर्यादा र सत्चरित्रका बिषयमा बुझ्न सहयोग गरिदिनुहोस । तपाईले के ख्याल गरिदिनुहोस भने,  बालबालिकाले तपाईंले भन्नुभएको कुराबाट कम र तपाईंको ब्यावहारबाट बढी सिक्नु हुन्छ । बालबालिकाको उज्वल भविष्यका लागि पढाई एकदमै महत्वपूर्ण बिषय हो । तर, पहिलो महत्वपूर्ण विषय होइन । पहिलो महत्त्वपूर्ण विषय अनुशासन हो । त्यसपछि असल चरित्र निर्माण हो । त्यसपछि आत्मविश्वासी बन्नु हो । त्यसपछि मात्र पढाई आउँछ । अनुशासन,  असल चरित्र र आत्मविश्वास बिनाको पढाइले असल नागरिक बन्न र जीवनमा प्रगति पथमा आशातित सफलता पाउन गाह्रो हुन्छ ।

सकारात्मक अभिभावकको रुपमा तपाईंले बोल्ने भन्दा बढी नानीबाबुहरुलाई सुन्नुहोस ।  नानीबाबुहरूलाई केहि भन्नुभन्दा अघि आफ्नो संवेग जाँच्नुहोस् । कुनैपनि गतिविधिको सिमा निर्धारण गर्नुहोस । तपाईले नानीबाबुहरूबाट गर्ने अपेक्षा उमेर सुहाउँदो छ कि छैन भनेर जाँच्नुहोस् । तार्किक परिणाम मात्र भोग्न लगाउनुहोस् ।

मुख्यकुरा, नानीबाबुहरुले सिक्दैछन् भन्ने कहिल्लै नविर्सिनुहोस । सकारात्मक अनुशासन तथा प्रारम्भिक सिकाइको उचित वातावरण दिन सक्दो प्रयास गरिदिनुहोस ।

यो विदामा नानीबाबुलाई सबैजनासँग स्नेहपूर्ण व्यवहार गर्नुपर्छ भन्ने कुरा व्यवहारिक रुपमा सिकाईदिनुहोस् । नानीबाबु हरुलाई कुराकानी गर्न, सरसफाइ गर्न, पोषिलो खानाको महत्व बुझ्न सहयोग गर्नुहोस ।

यहालाई जानकारी नै छ, तपाईंको नानीबाबुहरुको सिकाईलाई प्रभावकारी बनाउन विद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । मल्टिमिडियाको प्रयोग गरेर श्रव्यदृश्य सामाग्रीमार्फत प्रभावकारी रूपमा शिक्षण सिकाइका कामहरू सञ्चालन गरिरहेको छ । पठनपाठनमा आईसीटीको प्रयोग गरिरहेका छौं ।

जसबाट शैक्षिक अवसर विस्तारका साथै सिकाइमा गुणस्तर सुनिश्चित गर्न मद्दत पुगेको छ । पढाउन स्मार्ट बोर्डको प्रयोगले चित्र, रङ र ध्वनिको सम्मिश्रणबाट पढाइ अझ प्रभावकारी भएको छ । सिकाइलाई आधुनिकीकरण गर्दै ‘लर्निङ म्यानेजमेन्ट सिस्टम’ को प्रयोगबाट पाठ्यक्रमले निर्दिष्ट गरेका विषयमा प्रभावकारी शिक्षणको नीति लिइएको छ । यसको प्रयोगसँगै विद्यार्थीको शिक्षण, सिकाई मजबुत बनेको छ ।

आदरणीय अभिभावक ज्यूहरु यस बिदाको समयलाई सदुपयोग गर्नका लागि हामीले केहि सुझावहरु यसै पत्र साथ राखेका छौं । आशा छ यहाँहरुले यसलाई मनन गरिदिनुहुने नै छ ।

१. घरमासंगै बसेर खाना खाने समयमा किसानको कर्म र परिश्रमको बारेमा बुझाउँदै खाना खेर फाल्नु हुँदैन भन्ने कुरा बुझाईदिनुहोस् ।

२. आफ्नो घरमा व्यवहारिक कुराहरु जस्तैः सरसफाई गर्न, खाना खाएको प्लेट सफा गर्न,  जसबाट श्रम/कामको मूल्य बुझ्न मद्दत गरिदिनुहोस् ।

३. उमेर अनुसार भान्छामा आमाबुबालाई तरकारी काट्न, फलफुल काट्न साथै पकाउन सहयोग गर्न प्रेरित गर्नुहोस ।

४. कहिलेकाहीँ नानिबाबुहरुलाई कार्यस्थलमा लगेर तपाईंले आफ्नो परिवारको लागि कति कडा परिश्रम गरिरहनुभएको छ, बुझ्न दिनुहोस् ।

५. नानीबाबुहरूलाई प्रकृति र प्राकृतिक बस्तुहरुसँग रमाउन, पानी, माटोसँग खेल्न प्रेरित गरिदिनुहोस् । प्रकृतिमा खेलेर, अवलोकन गरेर नानीबाबुहरुलाई सिर्जनात्मक कुरा गर्न, वास्तविकता महशुस गर्ने अवशर दिनुहोस । नानि–बाबुहरुले अनुभव गरेका कुरा लेख्न लगाउनुहोस् ।

६. नानीबाबुहरुलाई मोबाइलबाट टाडा राख्नुहोस । मोबाईलको प्रयोग नानीबाबुहरुको स्वास्थ्यको लागि हानिकारक हुने बैज्ञानिक अनुसन्धानहरुले देखाएका छन् । तर, कम्युटर लागायत अन्य बिद्युतिय उपकरणहरुको उचित प्रयोगबाट हुने लाभहरु बारे नानीबाबुहरुलाई बुझाईदिनु होस् । यथासम्भब प्रयोगात्मक विधिको पनि प्रयोग गर्नुहोस् ।

७. हुर्कदै गरेका नानीबाबुहरूका लागि आलोचनात्मक रूपमा सोच्न र समस्याहरू समाधान गर्न सक्षम हुनु महत्त्वपूर्ण हुनेछ । तपाईंको बच्चालाई प्रश्नहरू सोध्न प्रोत्साहन गर्नुहोस् । धेरै दृष्टिकोणहरू विचार गर्न र समस्याहरू समाधान गर्न मद्दत गर्न नयाँ जानकारी र स्रोतहरू खोज्न सिकाउनुहोस् ।

८. सूचना प्रविधिको बढ्दो प्रयोगका बीच बाबुनानीहरूलाई उद्देश्य र नैतिकताको बलियो भावना विकास गर्न मद्दत गर्नुहोस् । नानीबाबुहरूलाई उद्देश्य, नैतिकता र मूल्यहरूको बलियो भावना विकास गर्न मद्दत गर्नसकेमा मात्र बालबालिकाको भविष्यका लागि सफल आधार बनाउन सकिन्छ । यसका लागि जटिल नैतिक मुद्दाहरूको बारेमा हुने छलफलहरूमा नानीबाबुहरुलाई संलग्न गर्न सकिन्छ।

९. बालबालिकालाई जाति, रङ, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य आस्था, जातीय वा सामाजिक उत्पति, सम्पत्ति, अशक्तता, जन्म वा अन्य हैसियतको आधारमा भेदभाव नगरी समान रूपमा सम्मान गर्नुपर्दछ भन्ने कुरा बुझ्न मद्दत गरिदिनुहोस ।

यसका लागि नानीबाबुहरुको दुई महत्वपूर्ण पाठशालाहरु घर र विद्यालयले संयुक्त रुपमा सहकार्य गर्न सक्दा मात्र बालबालिकाको उज्वल भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने अपेक्षा सहित यो पत्र पठाएका छौं ।

 

मणिकुमार पौडेल

प्राचार्य

मोडर्न प्रिपेरेटोरी सेकेण्डरी र्बोिर्डङ स्कुल, इटहरी–६ सुनसरी  

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist