ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरी उपमहानगर र संस्थागत विद्यालयहरूबिच चर्कियो विवाद, ड्रेस कोड र शुल्क निर्धारणप्रति असहमति

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८१ बैशाख ९ गते, ६:४० बजे
नयाँ आर्थिक वर्षमा इटहरीको बजेट २ अर्ब १७ करोड ४५ लाख (पूर्णपाठ सहित)
31
SHARES
Share on FacebookShare on Twitter
इटहरी । इटहरीका संस्थागत विद्यालयहरूले इटहरी उपमहानगरपालिकाले तोकेको ड्रेस कोड नमान्ने भएका छन् । उपमहानगर भित्र सञ्चालित संस्थागत विद्यालयको छाता सङ्गठनहरूले शुक्रवार सन्देश सार्वजनिक गर्दै ड्रेस कोड र शुल्क  निर्धारणप्रति असहमति जनाएका हुन् ।

संस्थागत विद्यालयका प्रअ,निर्देशक तथा सञ्चालकहरूलाई सम्बोधन गर्दै जारी गरिएको पत्रमा ‘शैक्षिक सत्र २०८१ को शुल्क प्रस्ताव दुई तिहाइ अभिभावकद्वारा अनुमोदन गर्नुपर्ने र इटहरीका सबै संस्थागत तथा सामुदायिक शिक्षालयले विद्यार्थी पोसाकमा एकरूपता कायम गर्नुपर्ने विषयप्रति गम्भीर असहमति रहेको’ उल्लेख गरिएको छ ।विद्यालयहरूको छाता सङ्गठन प्याव्सन इटहरी , एनप्याव्सन इटहरी ,मन्टेश्वरी एसोसिएसन इटहरी र हिसान सुनसरीका अध्यक्षहरूले सो पत्रमा हस्ताक्षर गरेका छन् ।
पत्रमा प्याबसन अध्यक्ष राजकुमार सापकोटा,एन(प्याबसन नगर अध्यक्ष पुष्प अधिकारी,हिसान सुनसरी जिल्ला अध्यक्ष सागर भटराई र मन्टेस्वरी एसोसिएसन इटहरीका अध्यक्ष हरि आचार्यले संयुक्त रूपमा हस्ताक्षर गरेर प्रेस विज्ञप्ति जारी गर्दै इटहरी उपमहानगरपालिकाको निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।यसअघि पनि  प्याव्सन इटहरी , एन प्याव्सन इटहरी , मन्टेश्वरी एसोसिएसन इटहरी र हिसान सुनसरीले ‘समस्या समाधान समिति’ गठन गरेर इटहरी उपमहानगरका विभिन्न शैक्षिक निर्णयहरू विरुद्ध आन्दोलन गर्दै आएको थियो ।
सामुदायिक विद्यालयहरूले ड्रेस कोड परिवर्तन नगर्ने तर हामीहरूलाई जबरजस्ती निर्णय गराउन खोज्नु मान्य नहुने प्याबसन इटहरीका अध्यक्ष सापकोटाले बताए ।‘नयाँ शैक्षिक सत्र सुरु भइसकेको सन्दर्भमा शिक्षालयहरूले आफ्‌नो प्रचलित ड्रेस कोड अनुसार नै  शिक्षालय सञ्चालन गर्ने कुनै पनि परिस्थितिमा ड्रेस कोड परिवर्तन नगर्ने र शिक्षालयहरूबाट प्रस्तावित २०८१ को शुल्क संरचना अनुसारै शुल्क लिने निर्णय भएको पत्रमा उल्लेख गरिएको छ ।
आन्दोलनका क्रममा नगर सरकारका तर्फबाट कुनै शिक्षालय वा शिक्षालयहरूमाथि गरिने कुनै पनि किसिमको कारबाहीको जिम्मेवारी सङ्गठनहरूले लिने समेत पत्रमा उल्लेख गरिएको छ ।इटहरी उपमहानरपालीकाले नगरभित्र सञ्चालित विद्यालयहरूमा एउटै ड्रेस कोड लागु गर्ने निर्णय गरेको थियो। सो निर्णय विरुद्ध उच्च अदालतमा मुद्दा समेत परेको थियो ।
सो मुद्दामा उच्च अदालत विराटनगरले  उपमहानगरपालिकाको पक्षमा फैसला गरेको थियो । यता प्याबसन अध्यक्ष राजकुमार सापकोटाले राजपत्रमा प्रकाशित भएको शिक्षा ऐनमा टेकेर काम गर्न लागेको बताए ।संस्थागत विद्यालयले उच्च अदालत बिराटननगरमा पेस गरेको शिक्षा ऐन र उपमहानगरपालिकाले पेस गरेको शिक्षा ऐन नै फरक भएपछि अन्योल सिर्जना भएको थियो ।उपमहानगरले पेस गरेको शिक्षा ऐनमा विद्यालयको ड्रेस कोड पालिकाले तोक्ने उल्लेख छ भने संस्थागत विद्यालयहरूले पेस गरेको शिक्षा ऐनमा भने विद्यालयले आफ्नो ड्रेस कोड तोक्न पाउने उल्लेख गरिएको छ ।
इटहरी उपमहानगर क्षेत्रमा संस्थागत विद्यालयहरूमा झन्डै ४२ हजार भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत छन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist