इलाम। वर्षायाममा बाढि पहिरो जस्ता प्रकोपमा खोज उद्धार कार्यको पुर्व तयारी स्वरुप इलाममा विपद व्यवस्थापन सम्बन्धि सिमुलेसन अभ्यास गरिएको छ ।
नेपाली सेनाको इलाम स्थित रणशार्दुल गणले जिल्ला प्रसासन कार्यालयको संयोजनमा उक्त अभ्यास प्रदर्शनी आयोजना गरेको हो । कार्यक्रममा नेपाल प्रहरी शसस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटी इलामका स्वयंसेवकहर पनि सहभागि भएका थिए ।
इलामको माइखोलास्थित टप्पुमा पहिरोमा परेका समुदायको उद्धार र खोलामा बाढी आएपछि बाढिले बगाएका मानिसहरुको उद्धार कार्यको प्रदर्शनी गरिएको थियो ।
यसैगरी खोज तथा उद्धार कार्यमा प्रयोग गरिने स्थानीय सामग्रीहरुको प्रदर्शनी गरिएको थियो । सीमुलेसन अभ्यास कार्यक्रममा विद्यार्थी समेतको सहभागिता रहेको थियो । कार्यक्रममा गणपति प्रल्हाद घलेले विपद जोखिम कम गर्न अवलम्बन गरिने उपायहरुको खोजी गर्न जरुरी भएको बताएउनु भयो ।