इलाम, शशीकला स्मृति पत्रकारिता÷लेखन पुरस्कार पत्रकार रोशन काफ्ले र ख्यामराज ढकाललाई प्रदान गरिएको छ ।
प्रतिष्ठानले आज आयोजना गरेको एक कार्यक्रममा पत्रकार काफ्ले र ढकाललाई प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष धीरेन्द्र शर्मा रमण र प्रतिष्ठानका सल्लाहकार टीका घिमिरेले काफ्ले र ढकाललाई उक्त पुरस्कार प्रदान गरेका थिए । पत्रकार काफ्ले र ढकाल पत्रकार कहासंघ इलामका सदस्य हुन भने काफ्ले इलाम लगायत झापाका बिभिन्न मिडियामा आबद्ध छन त्यस्तै ढकाल इलाम एफ एम पालिकापेजमा आबद्ध छन ।
विगतको बेला शशस्त्र द्धन्दका क्रममा २०६० असोज २६ गते तात्कालिन शाही सेनाले इलाम नगरपालिका ३ पुवामझुवामा गोली प्रहार गरी हत्या गरेका थिए । शर्मा तात्कालिन देउमाई गर्जन पत्रिकाका सम्पादक थिइन् । यसअघि यो पुरस्कार इलामका पत्रकारहरु रीता राराहाङ, भगीरथ भण्डारी र चेतन आङ्थुपोलाई प्रदान गरिएको थियो ।