इलाम । चाड पर्वको समयमा इलामको माईजोगमाई गाउंपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । माईजोगमाईको केन्द्र नयांबजारमा अनुगमनको क्रममा बरामद भएका सामानहरु पालीका प्रमुख उप प्रमुख प्रहरी तथा सरोकार वालाहरुको रोहबरमा मंगलबार नस्ट गरीएको छ । अनुगमनको क्रममा चिजबल २५ प्याकेट,फ्रुटी १ थान, बिस्कुट २ बण्डल,जुस ४ थान,चोकोपन २० थान,चाउचाउ भुजा ३ काटन,स्प्राईट ४ जार,थुक्पा ८ प्याकेट,भुजिया ४प्याकेट,मुराई २ प्याकेट,सस ४ बोत्तल,फेन्टा ४ बोत्तल,कुरकुरे लेज ७० पाकेट,मटर २ पाकेट,म्याद गुज्रीएको भेटिए पछि नस्ट गरीएको पनलिका उप प्रमुख प्रबिना राईले बताएकी छन ।
म्याद गुज्रीएको सामानहरु बिक्रिबितरण गर्दा ग्रहकहरुमा प्रत्यक्ष असर हुने भएकोले अनुगमनलाई नियअिमतता दिने अध्यक्ष कुश बहादुर थेबेले बताए । माईजोगमाईमा रहेको नयांबजार, शुक्रबारे, पञ्चमी, र सनिस्चरे बजारहरुमा अनुगमन गरीएको थियो ।