ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

माईजोगमाईमा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत हाते ट्र्याक्टर र चिया टिप्ने मेसिन वितरण

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८२ असार २६ गते, १६:२४ बजे
माईजोगमाईमा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत हाते ट्र्याक्टर र चिया टिप्ने मेसिन वितरण
35
SHARES
Share on FacebookShare on Twitter

इलाम – माईजोगमाई गाउँपालिकाको कृषि शाखाको आयोजनामा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत बिहीबार किसानहरूलाई हाते ट्र्याक्टर र चिया टिप्ने मेसिन वितरण गरिएको छ।

कार्यक्रम माईजोगमाई–१ स्थित वडा कार्यालयमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष कुस बहादुर थेबेले गर्नु भएको थियो भने विशेष अतिथिका रूपमा उपाध्यक्ष प्रबिना राई रहनु भएको थियो। त्यस्तै कार्यक्रममा वडा नं। १ का अध्यक्ष यामकुमार कार्की तथा कार्यपालिकाका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य वडा नं। १ का अध्यक्ष यामकुमार कार्कीले दिनुभएको थियो।

कोशी प्रदेश सरकारको सशर्त अनुदान कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा किसानहरूलाई ६ एचपी क्षमताका १० थान र ७ एचपी क्षमताका १३ थान हाते ट्र्याक्टर गरी कुल २३ थान ट्र्याक्टर वितरण गरिएको हो। साथै १७ थान चिया टिप्ने मेसिन समेत वितरण गरिएको कृषि शाखाले जनाएको छ।

वितरित उपकरणका लागि किसानले २५ प्रतिशत साझेदारी गरेका छन्। त्यसअनुसार ६ एचपी ट्र्याक्टर रु १३,००० मा र ७ एचपी ट्र्याक्टर रु १५,७५० मा किसानलाई प्रदान गरिएको हो। त्यस्तै, चिया टिप्ने मेसिन रु ५,८७५ मा उपलब्ध गराइएको हो।

कृषि शाखा प्रमुख उषा श्रेष्ठले वितरण कार्यक्रम सशक्त रुपमा सम्पन्न गरिएको बताउँदै छनोट गरिएका किसानहरूलाई उपकरण सहि तरिकाले प्रयोग गर्न आग्रह गरिन्। उनले यस्ता उपकरणले कृषिमा उत्पादन वृद्धि गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिन्।

विशेष अतिथि उपाध्यक्ष प्रबिना राईले वितरण गरिएका सामग्रीहरूको प्रभावकारी उपयोगका लागि अनुगमन गरिने जानकारी दिँदै किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिन्।

कार्यक्रमका अध्यक्ष कुस बहादुर थेबेले वितरण गरिएका उपकरणलाई प्रयोगमा ल्याएर व्यवसायिक कृषितर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो। उहाँले कृषि नै गाउँपालिकाको मुख्य आयस्रोत भएको उल्लेख गर्दै पालिकाले कृषकहरूसँग सधैं सहकार्य र समन्वय गर्दै आइरहेको जानकारी दिनुभयो।कार्यक्रममा स्थानीय किसानहरु सरोकारवाला र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist