काठमाडौं । जिल्ला अदालत काठमाडौंले गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै धरौटीमा छाड्ने आदेश दिएको हो ।
धरौटीमा छुट्नेहरुमा चक्रेसँग राजेश खड्का, गणेश बहादुर बोगटी, डिल्लीराज कँडेल, रितिक लामा, निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरब सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश केट्टेल, राजु परियार, सफल भन्ने सुजल शाहीहरु रहेको जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
साउन १५ गते उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा पक्राउ परेका उनीहरू उपर अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो ।







